बाँकेमा सुरु भयो ट्राफिक सप्ताह, गृहमन्त्रीले चालकलाई हेल्मेट दिएर गरे सप्ताहको शुभारम्भ

बिहीबार, फागुन १०, २०८०
honor mob  winter sales

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमसर्वसाधारणमा ट्राफिक सचेतना अभिबृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताएका छन् ।

Honor x7 pad

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० को आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने बताए । उनले अभियानलाई सफल पार्न सबैलाई आह्वान गरे ।

गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दारिता र सक्रियता आवश्यक रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले स्कुटर चालकलाई हेल्मेट हस्तान्तरण तथा सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गरी ट्राफिक सप्ताहको शुभारम्भ गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो । 

औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताए। उनका अनुसार ट्राफिक सप्ताहमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ । 

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्