सितापाइला श्रीमती र दुई छोरी मृत्यु घटना: श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

बुधबार, फागुन ९, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको सितापाइलमा दुई छोरी र एक महिला मृत भेटिएको घटनामा मृत महिलाका श्रीमान पनि मृत फेला परेका छन् ।

Honor x7 pad

आज बिहान सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका २ वर्षीया छोरी सिवानी श्रेष्ठ र   ८ वर्षीया छोरी अनिशा श्रेष्ठको हत्या भएको हो ।

मृतक महिला ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। उनले परिवारका सदस्यहरुको हत्या गरेपछि  आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको  जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्