नेपालको नामिबियाविरुद्द फेरि कमजोर प्रदर्शन, नामिबियाले पायो १६९ रनको लक्ष्य

बुधबार, फागुन ९, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपालले  आईसीसी क्रिकेट विश्वकप लिग– २ मा  आज भएको खेलमा  नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ। नामिबियासँग कमजोर प्रदर्शन गर्दै १६८ मा अल आउट भएको छ।पहिलो खेलमा नामिबिया विरुद्धको प्रदर्शन भन्दा केही सुधार गरेको भए पनि नेपालले दोस्रो खेलमा ठूलो स्कोर बनाउन सकेन । नेपाल १६८ रनमै अलआउट भयो । 

Honor x7 pad

प्रतिकूल मौसमबीच कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३७.१ ओभरमा अलआउट हुँदै १६८ रनमा समेटिएको हो । ४३ रन जोड्दा ३ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि आसिफ शेखले अर्धशतक बनाएका छन् । उनी ६४ बलमा १ छक्का र ८ चौकाको मद्धतले ५८ रन बनाएर आउट भए ।

आसिफको यो एक दिवसीयमा १२ औँ अर्धशतक हो । पहिले दबाबमा भए पनि आसिफलाई कुशल मल्लले साथ दिएसँगै नेपाल सुधारोन्मुख स्थितिमा रहेको थियो । 

चौथो विकेटका लागि ५७ रनकोसमेत साझेदारी गर्ने क्रममा कुशलले ५२ बलमा ३६ रन जोडे । भीम शार्कीले ३६ बलमा २६ रन बनाए । कुशल भुर्तेलले १८ रन बनाए । करण केसीले १२ बलमा १२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १८ बलमा ६ रनमात्र बनाए । सोमपाल कामीले ४ रन बनाए । 

खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले रनको खाता नै खोल्न सकेनन् । ललित राजबंशी आउट नभए पनि ६ बल खेलेर रनको खाता खोल्न सकेनन् । 

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित हुँदै लिग–२ मा खराब शुरुआत गरेको थियो । 

नेदरल्याण्ड्ससमेत सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्समाथि कीर्तिमानी जित हासिल गरेसँगै समान दुई खेलबाट २ अंकसहित रनरेटमा नेपाल अगाडि छ। 

आजको खेलमा नामिबियालाई पराजित गर्न सके नेपाल स्पष्ट चार अंकसहित शीर्ष स्थानमा रहिरहने छ । पहिलो खेलको हारको बदला लिन न पनि नेपालले आज जित्नैपर्नेछ । 

 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्