काठमाडौंको सितापाइलामा तीन जनाको शव भेटियो, हत्याको आशंका

बुधबार, फागुन ९, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको सितापाइलमा तीन जना शव फेला परेको छ। आज बिहान  नागार्जुन नगरपालिका- ६  सितापाइलामा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Honor x7 pad

‘तीन जनाको शव फेला परेको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ,’ काठमाडौं परिसरका एक प्रहरी अधिकृतले भने, ‘कस्तो अवस्थामा थियो भन्ने पछि आउला।’

शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानका लागि खटिएको छ। 

प्रहरीका अनुसार मृतक मध्ये एक जना अन्दाजी डेढ वर्ष र अर्की अन्दाजी ८ वर्षकी बालिका र एक महिला रहेका छन् ।  धारिलो हतियार प्रयोग गरि उनीहरुको हत्या भएको छ। मृतकका श्रीमान भने फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको हत्या भएको प्रहरीले अनुमान लगाएको छ।

प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्