Dashain Banner
Dashain Banner

टस हारेर नामिबियाविरुद्द ब्याटिङ गर्दै नेपाल

बुधबार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा आज नामिबियाले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ।

आज बिहान ९:३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुने उक्त खेलका लागि आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट नेपालले कम्ब्याक गर्दै विश्वकपमा साउथ अफ्रिका र बंगलादेश जस्ता टोलीलाई हराएको बलियो नेदरल्यान्ड्समाथि ९ विकेटले पराजित गर्यो । नेपाललाई आज नामिबियासँग बदला लिने अवसर हुनेछ ।

नेपाल रोहित पौडेलको कप्तानी र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदानमा उत्रेको छ । यसअघि नेदरल्यान्ड्सको खेलमा बाहिरिएका करण केसी  गुल्सन झालाई परिवर्तन गरेर प्लेइङ ११ मा आएका छन्।

यसअघिका तिनै खेल टस हारेर ब्याटिङ गरेका तिनै टोली पराजित भएपनी आज नेपालले पहिला ब्याटिङ गर्दै नामिबियालाई हराउने अभियानमा लागेको छ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्