तानसेन महोत्सवको व्यापक तयारी

सोमबार, फागुन ७, २०८०
honor mob  winter sales

रुपा थापा / पाल्पा । पाल्पाको तानसेनमा  कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ ।  तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुँडीखेलमा महोत्सव गर्न लागेको हो ।

Honor x7 pad

जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्द्धन, पर्यटन तथा धार्मिक कला संस्कृतिको प्रचारप्रसारका लागि  महोत्सव गर्न लागिएको हो । महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रथम ऐतिहासिक महोत्सव भव्यरुपमा सफल पार्न व्यापक तयारी गरिएको जानकारी दिए । नगर प्रमुख श्रेष्ठले महोत्सवमा विभिन्न प्रदर्शनी, साांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलाप समावेश गरिएको बताए । महोत्सव सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिसकिएको समेत उनले जनाए ।

नगर प्रमुख श्रेष्ठका अनुुसार महोत्सवमा विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी प्रवर्द्धन, लगानीका अवसर सिर्जना, आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन, साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु, विद्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा लगायतका सेवाबारे विषयगत प्रदशनी गरिनेछ ।  

वितरित प्रेस विज्ञप्ती अनुसार तीन सय बढी स्टल रहने महोत्सवको तीन लाखले अवलोकन गर्ने, १० करोडको कारोबार हुने र ६१ लाख राजश्व बचत हुने विश्वास गरिएको छ । 

महोत्सव स्टलमा प्रवेश गर्न सर्वसाधारणका लागि टिकट ७० रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ र जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुका लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्