नेपालगन्जका चर्चित अनुहार सफिक बेहना उपाध्यक्षको तयारीमा

आइतबार, असार ३१, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी  निर्वाचनमा निवर्तमान वडाध्यक्ष मो. सफिक बेहनाले पनि उम्मेदवारी दिने भएका छन् ।

Honor x7 pad

आगामी साउन २० गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा बाणिज्यतर्फको उपाध्यक्षका लागि  सबैका प्रिय रहेका   नेपालगन्ज - का निवर्तमान वडाध्यक्ष बेहनाले उम्मेदवारी दिने मनसाय गरेका छन्।

बेहनाले अहिले देखिएको व्यवसायीक समस्या समाधान र संघभित्र बाणिज्य  संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिन लागेको बताएका छन्। अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले   पुरानो साख जोगाउन  उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिदै गरेको उनले बताए ।

आफू संघमा बाणिज्यतर्फतबाट उपाध्यक्ष भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बाणिज्य संघको हकहितका अधिकार  र दायरा ठूलो बनाउने काम गर्ने प्रतिवद्धता रहेको छ। वडाध्यक्ष हुँदा होस् वा अरुबेला पनि बेहना नेपालगन्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आएका छन् । 

विभिन्न सामाजिक सेवा गर्न रुचाउने बेहना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का बाँके निर्वाचन क्षेत्र नं.२ (ख) सभापति समेत हुन् । गरिव र दुखीका सहारा भनेर चिनिने बेहना नेपालगन्ज उपमहानगरपालिकाको कार्यबहाक मेयर भएर कार्य गरेको अनुभव समेत छ।

निवर्तमान वडाध्यक्ष बेहनाले कोरोना कहरका बेलामा अस्पताल, सुरक्षा निकाय, गरिव ,बेसहारालाई स्वास्थ्य सामाग्री लगायत खाधान्न समेत निशुल्क वितरण गरेका थिए। पक्कै पनि बेहनाको उपाध्यक्ष पदको उम्मेदवारीलाई नेपालगन्जका व्यवसायीहरुले मनन गर्दै समर्थन गरेर जिताउने आशा लिन सकिन्छ।

उनको भनाइ अनुसार सम्भवतः उनी टंकप्रसाद धामीको समाबेशी प्यानलबाट उम्मेदवारी दिनेछन् ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्