लिग-२ को दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो

शनिबार, फागुन ५, २०८०
honor mob  winter sales

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग– २ को दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ।

Honor x7 pad

कीर्तिपुर मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको  नेदरल्याण्ड्सले नेपाललाई दिएको १३८ रनको लक्ष्यलाई नेपालले १५.२ ओभरमा भेटाएको हो।

एसोसिएट राष्ट्रहरुमा बलियो टिम रहेको नेदरल्याण्ड्सले ३९ ओभरमा १३७ रन बनाएर  सबै विकेट गुमाएर  नेपाललाई दिएको लक्ष्यलाई नेपालका आशिफ शेख र अनिल शाहको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्स पराजित भएको हो।

नेपालका लागि शेखले ५४ र शाहले ५७ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए।

 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्