तीर्थयात्री बोकेको बस ट्रकसँग ठोक्किँदा ३१ जना घाइते

शनिबार, फागुन ५, २०८०
honor mob  winter sales

काठमाडौं । ‍तीर्थयात्री बोकेको बस ट्रकसँग ठोक्किँदा ३१ जना घाइते भएका छन् ।काठमाडौंबाट तीर्थयात्री बोकेर चितवन जाँदै गरेको बस धादिङमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटलनजिकै चितवन जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक आज बिहान  पौने ११ बजे  ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय धादिङले जनाएको छ। घाइतेहरु मध्ये १४ जनालाई काठमाडौं लगिएको  छ।

प्रहरीका अनुसार बस चालक मकवानपुरका ३२ वर्षीय रत्न तामाङ र लमजुङको राजनाथ नगरपालिका-५ का ५६ वर्षीय रामचन्द्र बख्रेल गम्भीर घाइते भएको धादिङ प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्