डियुटीमा रहेकी आफ्नै श्रीमती महिला प्रहरीको सहायक हवल्दारले गरे गोली हानी हत्या

शुक्रबार, फागुन ४, २०८०
honor mob  winter sales

दाङ । नेपाल प्रहरीका सहायक हवल्दारले आफ्नै श्रीमती महिला प्रहरी जवानलाई डियुटीमा रहेकै अवस्थामा गोली हानी हत्या गरेका छन् ।

Honor x7 pad

नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत सहायक हवल्दार यमबहादुर झाक्रीले बिहीबार बेलुकी ८ बजेतिर घोराहीको दामोदर चोकमा डियुटीमा रहेकी आफ्नै श्रीमती महिला प्रहरी जवान धनमाया थापालाई ३ राउन्ड गोली हानी हत्या गरेको जिल्ला प्रहरी दाङले जनाएको छ।

पेस्तोलसहित नेपालगन्जबाट पल्सर बाइकमा घोराही पुगेर ३५ वर्षीय सहायक हवल्दार झाक्रीले डियुटीमा रहेकी श्रीमती २६ वर्षीय थापालाई गोली हानेर फरार भएका थिए।

दाङ प्रहरीको टोलीले भाग्दै गरेको अवस्थामा उनलाई लमहीको अर्जुनखोलाबाट नियन्त्रणमा लिएको जनाएको छ। श्रीमान र श्रीमतीबीचको घरायसी कारण झाक्रीले थापाको हत्या गरेको बुझिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्