मृत्यु घटनामा फरार रहेका नक्कली डाक्टर ११ वर्षपछि पक्राउ

मंगलबार, फागुन १, २०८०
honor mob  winter sales

खोटाङ।  कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ परेका छन्।खोटाङ प्रहरीले फरार रहेका स्वास्थ्यकर्मी सुनसरीस्थित गढी गाउँपालिका-३ का जीवानन्द मेहतालाई पक्राउ गरेको जनाएको छ।

Honor x7 pad

विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न मेहतालाई पक्राउ गरेको हो । 

नक्कली प्रमाणपत्रधारी मेहताले आफूलाई ‘डाक्टर हुँ’ भन्दै पोलिक्लिनिकमा भर्ना गराएका राईको दुईवटा सुई लगाएपछि मृत्यु भएको थियो। सुई लगाएको ५ मिनेटको अन्तरालमा बिरामीको मृत्यु भएको भन्दै मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो । 

बिरामी राईको मृत्युपछि फरार रहेका मेहतालाई माघ-२४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनु कार्कीले  जानकारी दिएका छन् । छानबिनका क्रममा उपचारमा सङ्लग्न कथित डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनीकमा काम गरेको वास्तविकता सार्वजनिक भएको थियो । 

प्रहरीले सोही पोलिक्लिनिक सम्वद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका-५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका-२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्