भारतीय स्करपियोमा भेटियो झण्डै २ करोड नक्कली नेपाली नोट

सोमबार, माघ २९, २०८०
honor mob  winter sales

विराटनगर। सुनसरीमा भारतीय स्करपियोबाट झन्डै २  करोड नक्कली नोटसहित एक जना पक्राउ परेका छन्  ।

Honor x7 pad

सुनसरी प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको  भारतीय स्करपियोबाट १ हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट चेकजाँचका क्रममा आइतबार नक्कली नोट बरामद भएको  सुनसरी प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले शंकास्पद अवस्थाको स्कोरपियो गाडी देखेपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो।

प्रहरीले गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेपनि अर्का व्यक्ति फरार भएका छन् ।

प्रहरीले यस बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्