इमाडोलमा आमा र दुई बच्चाको मृत्यु

आइतबार, माघ २८, २०८०
honor mob  winter sales

ललितपुर । ललितपुरको इमाडोलमा एक जना महिला र दुई बच्चाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको महालक्ष्मी नगरपालिका-३, इमाडोलस्थित ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।

शनिबार दिउँसो महर्जनलाई हामफाल्दा स्थानीयले देखेपछि उद्दार गरेर किस्ट अस्पताल पुर्याए पनि उपचारका क्रममा मृत्यु उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीयले महर्जनलाई उद्धार गर्न जाँदा उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र २ वर्षीया छोरी अचेत अवस्थामा भेटिएपछि उनीहरुलाई पनि उद्धार गरेर अस्पताल लगेपनि उपचारको क्रममा दुई नाबालकको किष्ट अस्पतालमा शनिबार साँझ नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्