Dashain Banner
Dashain Banner

एक खेल अगावै नेपालले जित्यो क्यानडाविरुद्दको सिरिज

शनिबार, माघ २७, २०८०

काठमाडौं ।नेपाल र क्यानडाबीच भएको  एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ।  क्यानडाले जितका लागि नेपाललाई दिएको २८६ रनको लक्ष्यलाई नेपालले २९ बल बाँकि छ्दै भेटाएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउदा नेपालले ४५.१ ओभरमा लक्ष्य भेटाउदै विजयी बनेको हो।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरेका हुन् ।

यसअघिको पहिलो खेलमा नेपालले क्यानडालाई   ७ रनले हराएको थियो । यो जितसँगै नेपाल सिरिजमाथि २-० ले कब्जा गरिसकेको छ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्