चेकिङ ड्युटी सकेर फर्किदै गरेका सहायक हवल्दारको भ्यानबाट खसेर मृत्यु

शुक्रबार, माघ २६, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाव बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको चेकिङ ड्युटी सकेर फर्किदा प्रहरीको भ्यानबाट खसेर मृत्यु भएको छ। 

Honor x7 pad

सुर्खेत गुर्भाकोट वडा नं. १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षीय  सहायक हवल्दार एलजीको मोबाइल ड्युटीमा खटिएका  मृत्यु भएको प्रहरीले जनाएको छ।

बलम्बु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकाप तर्फबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा गएराति ११:१५ मा बल्खु खोला सिप्रदीनजिक उक्त भ्यानको पछाडिबाट अकस्मात खस्दा गम्भीर घाइते भएका उनको नेपाल एपिएफ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

प्रहरीले चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्