तुलसीपुरमा होस्टेल जाँदै गरेकी छात्रामाथि सामुहिक बलात्कार, दुई युवक पक्राउ

सोमबार, माघ २२, २०८०
honor mob  winter sales

तुलसीपुर(दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिकास्थित गैरागाँउ नर्सरीमा एक जना छात्रालाई सामुहिक बलात्कार गरेको आरोपमा दुई युवकलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

घरबाट  स्कुलको होस्टेल जान लागेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रालाई फकाएर शनिबार बेलुकी तुलसीपुर- ११ गैरागाँउ नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर-१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का एक युवकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

शुक्रबार होस्टेलबाट घर गएर शनिबार होस्टेल फर्किने क्रममा बलात्कार भएको जाहेरी पश्चात् उनीहरुमध्ये एक जनालाई शनिबार र अर्कालाई आइतबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्