Dashain Banner
Dashain Banner

सन् २०२६ विश्वकपको उद्घाटन मेक्सिकोमा र फाइनल अमेरिकामा

सोमबार, माघ २२, २०८०

काठमाडौं । फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुन लागेको सन् २०२६ विश्वकप फुटबलको  खेल तालिका सार्वजनिक गरेको छ।

फिफाद्वारा सार्वजनिक गरिएको खेल तालिकामा  सन् २०२६ विश्वकपको उद्घाटन खेल मेक्सिकोमा हुनेछ । विश्वकपको उद्घाटन खेल ११ जुनमा मेक्सिकोमा हुनेछ भने फाइनल खेल १९ जुलाइमा अमेरिकाको न्यु जर्सीमा हुनेछ। 

यसअघिका विश्वकपमा ३२ राष्ट्र सहभागी हुँदै आएकोमा आगामी सन् २०२६ विश्वकपमा  ४८ राष्ट्र प्रतिस्पर्धा गर्दैछन् । 

यस विश्वकपमा कुल १२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी ३२ टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । सन्  २०२६ विश्वकपमा  उत्तर अमेरिका र  दक्षिण अमेरिकाबाट ६-६ राष्ट्र ,  ओसियानाबाट १ , युरोपबाट १६ राष्ट्र , अफ्रिकाबाट ९ राष्ट्र र एसियाबाट ८ गरी ४६ राष्ट्रले क्षेत्रीय प्रतिस्पर्धाबाट छनौट हुनेछन् ।

अन्य बाँकी २ राष्ट्र  अन्तरमहादेशीय प्लेअफबाट युरोपबाहेक अरु क्षेत्रका लागि छनोट हुनेछन्।  यसअघिको विश्वकप फुटबल एसियाली राष्ट्र कतारमा आयोजना गरिएको थियो। 

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्