कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट हुँदै

सोमबार, माघ २२, २०८०
honor mob  winter sales

कोहलपुर । बाँकेको कोहलपुरमा सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

Honor x7 pad

यही माघ २७ गतेदेखि आयोजना हुने प्रतियोगिता तयारी तीब्र पारिएको आयोजक कोहलपुर नगरपालिकाले जानकारी दिएको छ । कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन तथा नेपाल क्रिकेट संघ (क्यान) को सहकार्य एवम् प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगिता प्रस्तावित अन्तर्राष्ट्रिय खेलकुद मैदानमा आयोजना हुन लागेको छ । 

प्रतियोगिता आयोजनाको औचित्य पुष्टि गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगिताले प्रस्तावित क्रिकेट मैदानको पूर्वाधार निर्माणसँगै खेल गतिविधि बढाउन संघीय र प्रदेश सरकारलाई दवाव सिर्जना गर्ने बताएका छन्  । उनले प्रतियोगिताले क्रिकेट मैदानको उपयोगिता समेत बढाउने तर्क गरेका छन् । ‘गत वर्ष सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट लमहीमा गरिएको थियो," उनले भने–‘लमही भन्दा बाँकेमा यो प्रतियोगिता गर्दा यसको सान्दर्भिकता बढी रहन्छ किनभने सुशील कोइराला राष्ट्रिय नेता भए पनि बाँके उहाँको कर्म थलो र राजनीतिक थलो भएकाले बाँकेमा प्रतियोगिता गर्न क्यानलाई दवाव दिएका थियौं । क्यानले प्रतिबद्धता जनाए अनुसार बाँकेमा यो प्रतियोगिता सम्भव भएको हो ।" उनले यो प्रतियोगितालाई भव्य बनाउन सबैको सहयोगको आवश्यकता औंल्याए । उनले महिला क्रिकेट खेलाडी मात्र नभएर पुरुष क्रिकेट खेलाडी उत्पादनका लागि जिल्ला स्तरीय प्रतियोगिताको समेत योजना बनाइरहेको प्रष्ट्याएका छन् ।

पूर्व कप्तान एलबी क्षेत्रीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुको खडेरी लागिरहेका बेला कोहलपुरमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु अत्यन्तै सुखद पक्ष भएको बताए। उनले यो प्रतियोगिताले कोहलपुरको पहिचान स्थापित गर्ने उल्लेख गरे । उनले कोहलपुरमा आयोजना गरिने यो प्रतियोगिता महिला महिला खेलाडीका लागि पुनर्जन्म भएको उल्लेख गरे ।

प्रतियोगितामा ५ टिमको सहभागिता रहनेछ । ६ दिनसम्म चल्ने प्रतियोगितामा कोहलपुर ११, लुम्विनी, गण्डकी, बागमती र सुदूरपश्चिम सहभागी हुने प्रतियोगिता संयोजक चिन्तामणि धितालले जानकारी दिएका छन्  । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्