बर्दघाटमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

आइतबार, माघ २१, २०८०
honor mob  winter sales

काठमाडौं । पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। जिल्लाको बर्दघाट नगरपालिका-४ का बासिन्दा सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

Honor x7 pad

विश्वकर्मालाई सुस्ता गाउँपालिका-१, बरुवमा रहेको आफ्नो पसलबाट घर फर्किदै गरेको अवस्थामा  बन्द बर्दघाट-१६, ककुरमारामा गोली प्रहार भएको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ।

लुटपाटको उदेश्यले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्माको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। खतरामुक्त रहेका उनलाई थप  उपचारका लागि काठमाडौं लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।

छोरासंग स्कुटरमा आउँदै गरेका विश्वकर्मालाई  अज्ञात व्यक्तिहरुको समूहले पेस्तोल हतियार देखाएर स्कुटर छाडेर जान भन्दा उनले स्कुटर नछोडेपछि उनिमाथि एक राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विश्वकर्माले चलाएको लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा ४  किलोमिटरको टाढा वडा नं १४ मा फेला परेको परेको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्