त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दले किन दिए एकाएक राजीनामा?

आइतबार, माघ २१, २०८०
honor mob  winter sales

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले एकाएक राजिनामा दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखसमेत रहेका डीआईजी चन्दले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । पछिल्लो समयमा सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बीचमा खटपट रहेको छ । 

Honor x7 pad

सोही विषयलाई लिएर विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद शुरू भएको थियो।  केही दिनअघि मात्रै प्रहरीले अध्यागमनका कर्मचारीबीच कुटपिट समेत भएको थियो।व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए। 

उनले भने, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।”चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

चन्दले गत वैशाखदेखि विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए।चन्द हालका प्रहरी महानिरीक्षक (आईजिपी) वसन्तबहादुर कुँवरकै ब्याचमेड प्रहरी अधिकृत हुन्।

डीआईजी चन्दले भिजिट भिसामा ठुलो सङ्ख्यामा मानव तस्करी भइरहेको घटना बाहिर ल्याउन भूमिका खेलेका थिए । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्