अर्घाखाँचीमा जीप दुर्घटना: दुई जनाको घटनास्थलमै मृत्यु, आमा-छोरा घाइते

शनिबार, माघ २०, २०८०
honor mob  winter sales

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

Honor x7 pad

आज बिहान ७ बजे जिल्लाको भुमिकास्थान नगरपालिका-२  ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६६९ नम्बरको जीप खोलाखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

खोलाखर्कमा रोकिराखेको जीप एक्कासी गुडेर सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार भुमिकास्थान-२ की ३२ वर्षी देवा बेल्बासे र सन्धिखर्क नगरपालिका-८ की ४० वर्षीया जेमकला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा सवार पणेना-१ का कोपिला खनाल पोखरेल र उनका ८ महिने छोरा स्रमिक पोखरेल  घाइते छन् ।

जीप रोखेर चालक पसल गएका बेला जीप आफै गुडेर सडकदेखि तल खसेको प्रहरीले जानकारी दिएको छ।  घाइतेलाई उपचारका लागि अर्घाखाँची  अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्