सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

बिहीबार, माघ १८, २०८०
honor mob  winter sales

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ। 

Honor x7 pad

चौधरीले बाँसबारीस्थित छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको सिआइबीले चौधरीलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार व्यवसायी चौधरीलाई आज दिउँसो लैनचौरबाट पक्राउ गरिएको हो। उनलाई आबश्यक अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

पक्राउ परेका चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप  रहेको छ। उनले अन्य कतिपय सरकारी जग्गा समेत आफ्नो नाममा गराएको बताइएको छ।

त्यस्तै सोही प्रकरणमा बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्