जीप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु, पाँच जना घाइते

बुधबार, माघ १७, २०८०
honor mob  winter sales

सिन्धुपाल्चोक ।  जीप दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ दोरिङ भिरमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ। 

Honor x7 pad

बा२च ४४५० नम्बरको जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । दुर्घटनामा  घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताए । 

घाइते हुनेमा सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका-२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची  र ५६ वर्षीय फुँङ रहेका छन् । 

घाइतेलाई उपचारका लागि  हेलिकप्टरमा काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्