गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिवविरुद्द पक्राउ पुर्जी जारी

बुधबार, माघ १७, २०८०
honor mob  winter sales

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख (मेयर ) वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँदविरुद्द पक्राउ पुर्जी जारी भएको छ।

Honor x7 pad

अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा साँउदले दर्शकहरुलाई महोत्सवमा प्रवेशका नक्कली टिकट बेचेको किटानी जाहेरी परे पश्चात् गरेको आरोपमा  जिल्ला अदालत कैलालीले पक्राउ पुर्जी जारी गरेको कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिएका छन् ।

स्वकीय सचिव साँउदसहित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध पनि अदालतले  मंगलबार नै पक्राउ पुर्जी जारी गरेको चन्दले बताए।

डीएसपी चन्दका अनुसार गत पुस २६ देखि माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेर दर्शकहरुलाई महोत्सवमा छिराएको भन्दै उद्योग वाणिज्य संघका १२ जनाले जिल्ला प्रहरी कार्यालयमा उनीहरु दुई जनाविरुद्द जाहेरी दिएको हो।

पक्राउ पुर्जी जारी भएकाहरुविरुद्द अब कानुनी प्रक्रियाबाट नै अगाडि गएर पक्राउ गरि अनुसन्धान गर्ने डीएसपी चन्दले बताए। उक्त महोत्सव सन्चालन अवधिको ८ औं दिन महोत्सवमा प्रवेश गर्ने २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएको थियो।

यसअघि उनीहरुलाई गल्ती स्विकार्दै माफी माग्नुपर्ने भनेर उद्योग वाणिज्य संघले भने पनि उनीहरुले माफी नमागेपछि बाध्य भएर प्रहरीमा मंगलबार जाहेरी दिएको एक पदाधिकारीले बताए।

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्