ललितपुरमा जर्मन महिला मृत फेला, घटनाको अनुसन्धानमा खटियो 'रोज'

सोमबार, माघ १५, २०८०
honor mob  winter sales

ललितपुर । ललितपुरमा एक जना जर्मन माहिला मृत फेला परेकी छिन् ।

Honor x7 pad

५५ वर्षीय  जर्मन नागरिक एडिलहाइड स्नेकनबर्गर डोरा ललितपुर महानगरपालिका-१६, नागबहालस्थित ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा मृत भेटिएको ललितपुर प्रहरी परिसरले जानकारी दिएको  छ।

एक वर्ष उक्त अपार्टमेन्टमा भाडामा बस्दै आएकी स्नेकनबर्गर डोरा आज बिहान १० बजे  लडिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

प्रहरीका अनुसार अझै उनको मृत्युको कारण खुलिनसकेको जनाएको छ भने ती मृतक महिलाको टाउकोमा चोट लागेको छ। ललितपुर प्रहरीले उक्त घटनामा तीनकुनेमा भएको सामूहिक हत्याकाण्डमा पनि प्रयोग गरिएको प्रहरी कुकुर 'रोज' लाई परिचालन गरिएको जनाएको छ।

अहिलेसम्म प्रहरीले केही पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ भने  यस घटनामा ललितपुर प्रहरी परिसरका एसएसपी आफैँ खटिएका छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्