नेपाल स्वास्थ्यकर्मी संघले गर्यो भेरी अस्पतालका नवनियुक्त अध्यक्ष शाहको स्वागत

शनिबार, असार ३०, २०८०
honor mob  winter sales

नेपालगन्ज । भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्रबहादुर शाहलाई नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले स्वागत गर्दै बधाई दिएको छ।

Honor x7 pad

संघले एक कार्यक्रम गर्दै अध्यक्ष शाहलाई भेरी अस्पतालमा उपचारमा आउने आम नागरिकहरुले पाउने पर्ने सेवा सहज बनाउन माग राखेको छ।

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका कार्यवाहक विरजङ शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष शाहले भेरी अस्पतालमा आम नागरिकलाई सहज रुपले सेवा दिने बाताए। शाहले भने-' म भन्दा अगाडिको समयमा भन्दा पनि उच्चस्तरीय सेवा उपचारका लागि आउने बिरामीलाई दिने लक्ष्य छ।' 

अस्पतालमा आउने बिरामीले कुनै अप्ठ्यारो महशुस गरेमा सिधै आफुलाई सम्पर्क गर्न सम्बन्धित सबैलाई शाहले अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य  केन्द्रिय  देबेन्द्र के.सी. , भेरी अस्पताल कर्मचारी संघका अध्यक्ष होमनाथ सुवेदी, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, स्वास्थ्यकर्मीहरु  राजेश सेन, नरेश श्रेष्ठ , लक्ष्मी के.सी. लगायतले शुभकामना दिएको कार्यक्रमको सन्चालन संघका कार्यबाहक सचिव तेज वलीले गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्