किसानसँग ८ हजार रुपैयाँ घुस लिने असई गजेन्द्र सिंह भण्डारीविरुद्द भ्रष्टाचार मुद्दा दायर

आइतबार, माघ १४, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) गजेन्द्र सिंह भण्डारीविरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ।

Honor x7 pad

बाँकेमा किसानसंग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ असई  भण्डारीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्रसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गत पुस २५ गते घुससहित पक्राउ परेका असई भण्डारीलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुरमा ८ हजार रुपैयाँ  बिगोसहित कैद सजाय माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।

अख्तियार नेपालगन्जको टोलीले बाँकेस्थित डुडुवा गाउँपालिका-१ को खडैंचामा इन्चार्जका रुपमा कार्यरत असई भण्डारीले कृषि उपयोगका लागि ल्याएको युरिया मलसहित मोटरसाइकल नियन्त्रणमा लिएर छोड्नलाई किसानसंग ८ हजार रुपैयाँ घुस लिएको प्रमाणका आधारमा  नियन्त्रणमा लिएको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्