अफगानिस्तान नेपालसंग सस्तै रनमा समेटियो, नेपालले पायो १४६ रनको टार्गेट

शुक्रबार, माघ १२, २०८०
honor mob  winter sales

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा नेपाललाई अफगानिस्तानले १४६   रनको लक्ष्य दिएको छ।

Honor x7 pad

समूह 'डी' मा रहेको नेपाल र अफगानिस्तानको समूह चरणको आफ्नो अन्तिम खेल  टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले  नेपालविरुद्द  सबै विकेट गुमाउँदै   १४५ रन बनाएको हो।  

नेपाली बलरहरुले सनसनी मच्चाएपछी  अफगानिस्तान  ४०.१ ओभरमा  सबै विकेट गुमाउँदै  १४५ रन बनाएको हो। नेपालका लागि सर्वाधिक आकाश चन्दले ५ विकेट लिएका छन् ।

आजको खेल नेपालले जित्नै पर्ने छ। नेपालले आजको खेल जितेमा सुपर सिक्समा पुग्नेछ।

यसअघि न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित भएको नेपाललिइ आजको अफगानिस्तानविरुद्दको खेलमा डु अर डाईको अवस्था छ।

अफगानिस्तान पनि यसअघिका दुबै खेलमा  न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित हुँदा उसलाई पनि नेपालकै अवस्था रहेको छ। विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

साउथ अफ्रिकामा जारी यस विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड सहभागी छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्