त्रिभुवन विमानस्थलभित्रै अध्यागमन अधिकृतमाथि प्रहरीद्वारा कुटपिट

शुक्रबार, माघ १२, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका  अध्यागमन अधिकृतमाथि प्रहरीले कुटपिट गरेको छ।विमानस्थल कार्यालय भित्रै प्रहरीले अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई कुटपिट गरेको हो।

Honor x7 pad

आज अध्यागमन अधिकृत मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाँदै गर्दा मेटल डिटेक्टर भएको स्थानमा चेकजाँचका क्रममा प्रहरीसंग विवाद भएपछि प्रहरीले उनलाई हातपात गरेको हो।

मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि  नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेपछिको विवादले प्रहरीले उनालाई हातपात गरेको  अधिकृत मोक्तानले बताए ।

यो घटनाको बारेमा अध्यागमन कार्यालय प्रमुख गोगन बहादुर हमालले थाहा पाएपछि आफैं सीसीटीभी फुटेज हेर्दा प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिएको बताए। सोही क्रममा अध्यागमन प्रमुख हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गर्दा प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यहीनेर लात्ताले हानेको हो। मोक्तानलाई प्रहरीले लात्ताले हान्दा अध्यागमन  प्रमुख हमाललाई पनि लागेको थियो।

यसबारेमा  हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका छन् । घटनाबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको  बताइएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्