Tihar Banner
Tihar Banner

८५ रनमै ७ गुमाएको अफगानिस्तान नेपाली बलरसामू निरीह बन्दै

शुक्रबार, माघ १२, २०८०

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल अफगानिस्तानविरुद्द खेल्दैछन् ।

समूह 'डी' मा रहेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेल  अफगानिस्तानविरुद्द बलिङ गर्दैछ। टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ। 

नेपाली बलरहरुले सनसनी मच्चाएपछी अहिलेसम्म अफगानिस्तानले ६ विकेट गुमाइसकेको छ। १८ ओभरमा  ८५ रनमा ७ विकेट गुमाएको अफगानिस्तानका ब्याटरहरु कमजोर प्रदर्शन गरिरहेका छन् ।

आजको खेल नेपालले जित्नै पर्ने छ। नेपालले आजको खेल जितेमा सुपर सिक्समा पुग्नेछ।

यसअघि न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित भएको नेपाललिइ आजको अफगानिस्तानविरुद्दको खेलमा डु अर डाईको अवस्था छ।

अफगानिस्तान पनि यसअघिका दुबै खेलमा  न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित हुँदा उसलाई पनि नेपालकै अवस्था रहेको छ। विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

साउथ अफ्रिकामा जारी यस विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड सहभागी छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्