अफगानिस्तानविरुद्द बलिङ गर्दै नेपाल

शुक्रबार, माघ १२, २०८०
honor mob  winter sales

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल अफगानिस्तानविरुद्द खेल्दैछन् ।

Honor x7 pad

समूह 'डी' मा रहेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेल  अफगानिस्तानविरुद्द बलिङ गर्दैछ। टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ।

अफगानिस्तानले पहिलो ओभरमै एक विकेट गुमाइसकेको छ।आजको खेल नेपालले जित्नै पर्ने छ। नेपालले आजको खेल जितेमा सुपर सिक्समा पुग्नेछ।

यसअघि न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित भएको नेपाललिइ आजको अफगानिस्तानविरुद्दको खेलमा डु अर डाईको अवस्था छ।

अफगानिस्तान पनि यसअघिका दुबै खेलमा  न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित हुँदा उसलाई पनि नेपालकै अवस्था रहेको छ। विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

साउथ अफ्रिकामा जारी यस विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड सहभागी छन् । 

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्