नेपालगन्जबाट सहायक वन अधिकृत घुससहित पक्राउ

शुक्रबार, माघ १२, २०८०
honor mob  winter sales

नेपालगन्ज । अख्तियारले बाँकेबाट सहायक वन अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

Honor x7 pad

सव-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएर  गएको टोलीले सहायक वन अधिकृत पार्देलाई विहिबार साँझ नेपालगन्ज-११ बाट पक्राउ गरेको अख्तियारले  जनाएको छ ।

पार्देलाई सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ४५ हजार ९ सय ७५ समेत गरी जम्मा ५२ हजार ९ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेलेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्