अछाममा भालुको आक्रमणमा दुई युवती घाइते

बुधबार, माघ १०, २०८०
honor mob  winter sales

अछाम । अछाममा भालुको आक्रमणमा दुई युवती घाइते भएका छन् ।

Honor x7 pad

जिल्लाको रामारोशन गाउँपालिका- ५ का १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाहलाई भालुले आक्रमण गर्दा घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ।

उनीहरु सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला भालुले आक्रमण गरेको हो। आक्रमणबाट उनीहरु दुबै जनाको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ। 

भालुको आक्रमणमा परि किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेको प्रहरीले जानकारी दिएको छ। 

घाइते दुबैलाई थप उपचारका लागि हेलिकप्टरबाट जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्