बिरेन्द्र नमुना मा.बि हेकुलीले जित्यो रनिङ शिल्ड

मंगलबार, माघ ९, २०८०
honor mob  winter sales

लक्ष्मण बस्नेत/दाङ ।  दंगीशरण गाउँपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि बिरेन्द्र नमुना माबि हेकुलीले जितेको छ । 

Honor x7 pad

दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबि हेकुलीको संयोजनमा तीन दिनसम्म चलेको प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ कास्य पदक हात पार्दै बिरेन्द्र माबिले रनिङ शिल्ड जितेको हो ।

यसअधि लगातार तीन वर्ष जित निकाल्दै रनिङ शिल्ड  कब्जा गरेको बिरेन्द्र माबिले यस वर्ष पनि शिल्ड जित्दै नगद २० हजार हात पारेको छ । यस्तै जनता माबि बुटुनियाले ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकका साथ द्वितिय भएको छ । जनता माबिले नगद १५ हजार हात पार्‍यो । त्यस्तै सिद्ध पृथ्वी माबि श्रीगाउँ ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतीय भयो। उसले नगद १० हजार पार्‍यो ।

प्रतियोगितामा श्रीगाउँ लाईफ भिजन ३ स्वर्ण,५ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो ।

तिन दिनसम्म चलेको उक्त प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रा- छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका संस्थागत तथा सामुदायिक गरि ८ विद्यालयको सहभागिता रहेको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिएका छन् ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको समापन समारोहमा   बिजेता विद्यालय,खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रातर्फ बिरेन्द्र माबि हेकुलीका नेत्रा डाँगी,छात्रतर्फ जनता माबि बुटुनियाका नारायण लामिछाने, कबड्डिक्क छात्रतर्फ बिरेन्द्र माबि हेकुलेरका ईन्द्र राना, छात्रातर्फ बिरेन्द्र माबिकै प्रमिला न्यौपाने, भलिबलक्क छात्रातर्फ माबि श्रीगाउँका हुर्मती वली,छात्रतर्फ भानु माबि प्रसडुवाका जगत सिह खड्कालाई गाउँपालिका अध्यक्ष गिरी, उपाध्यक्ष पिमा वलेर खड्का,शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वली,गाउँपालिकाका प्राबिधिक सहायक उमा केसी,बिरेन्द्र माबिका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ओम नारायण चौधरी, प्रधानाध्यापक खिमराज खनाल, शिक्षक सिताराम भन्डारी  लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु गरेका हुन्  ।

कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्