राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन-'ट्रायल दिंदा आफ्नै सवारीसाधन प्रयोग गर्न दिनू'

सोमबार, माघ ८, २०८०
honor mob  winter sales

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स ) को ट्रायलमा परीक्षार्थीलाई आफ्नो इच्छाले आफ्नै सवारीसाधन प्रयोग गर्न दिन राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ ।

Honor x7 pad

यसअघि परीक्षार्थीले ट्रायल दिदा ट्रायल सेन्टरको सवारी साधन मात्रै प्रयोग गर्नुपर्ने र त्यसबापत चर्को शुल्क बुझाउनु पर्ने गुनासो आएपछि परीक्षार्थीलाई आफ्नै सवारीसाधन प्रयोग गर्न दिने भन्दै देशभरका सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई लिखित निर्देशन दिएको हो। 

यता लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापाले परीक्षार्थीहरुको गुनासो र पिर मर्का बुझ्दै यसअघि नै ट्रायल दिने परीक्षार्थीले स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइसकेका छन् । 

लुम्बिनी सरकारले आफ्नै सवारी साधन प्रयोग गर्न निर्देशन दिइसक्दा अन्य प्रदेशमा सो व्यवस्था अझै नगरिएको हुँदा सतर्कता केन्द्रले यस्तो निर्देशन दिएको हो। राष्ट्रिय सतर्कता केन्द्रले पठाइएको लिखित निर्देशन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई समेत पठाइएको छ।

अब परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउँदा ट्रायल सेन्टरले यातायातका कर्मचारी र ट्राफिक प्रहरीलाई दिने कमिसन बन्द हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्