ठमेलमा क्लब सञ्चालकलाई कुटपिट गर्ने ५ जना टोले गुण्डा पक्राउ

शनिबार, असार ३०, २०८०
honor mob  winter sales

काठमाडौं । क्लबका सञ्चालकलाई कुटपिट गर्ने टोले  गुण्डाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

असार १५ गते राती काठमाडौंस्थित  ठमेलको ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

कुटपिट गरेको आरोपमा शुक्रबार ५ जना टोले गुण्डालाई विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने टोने गुण्डाहरुमा  ३३ वर्षीय सानुभाइ भन्ने युवराज गुरूङ,  ३३ वर्षीय विक्रम अधिकारी, ३२ वर्षीय सुवास कायस्थ,  ३० वर्षीय सुरज कायस्थ र २९ वर्षीय कमल तामाङ रहेका छन्।

उनीहरूले सोही रात सञ्चालक गुरूङसहित क्लबका बाउन्सरहरूमाथि पनि कुटपिट गरेका थिए। त्यस घटनाको सिसिटिभी फुटेज बाहिरिएपछि परेको उजुरीमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ००:१५
प्रतिक्रिया दिनुहोस्