काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या गरि फरार भारतीय नागरिक पक्राउ

आइतबार, माघ ७, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा आफैसंग लिभिङ टुगेदरमा बस्ने एक महिलाको हत्या गरेर भारत भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

तनहुँ भिमाद नगरपालिका ठेगाना भएर  काठमाडौं -१५ शोभा भगवतीमा एक घरमा डेरा गरी बस्दै आएकी ५१ वर्षीया सफिना मियाँको हत्या भएको एकिन भएपछि स्थानीयहरु उनीसंगै अर्का एक पुरुष पनि बस्ने जानकारी दिएपछि प्रहरीले हत्यापछि फरार भएका भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई भारतबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार एक  महिलाको शव फेला परेपछिको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसरले विशेष सूचनाका आधारमा अन्सारीलाई पक्राउ गरेर ल्याएको हो।

हत्या भएको घर वरपर गन्ध आउन थालेपछि प्रहरीले बाहिरबाट ताला लगाएको घरको कोठाभित्र हत्या गरिएको अवस्थामा सफिनाको शव फेला परेको प्रहरीले बताएको छ। 

प्रहरीले सफिनाको गत कात्तिककै पहिलो हप्तामा हत्या भएको अनुसन्धानबाट खुल्न आएको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्