जुन अस्पतालमा गएपनि एम्बुलेन्स सेवा नि:शुल्क

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

पोखरा । पोखरा महानगरपालिमा निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ। नि:शुल्क एम्बुलेन्स सेवा भने पोखरा वडा नं.१३ ले वडावासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो।

Honor x7 pad

एम्वुलेन्स सेवा चालु भएसँगै वडाभित्रका बिरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्स भाडा तिर्न पर्दैन । 

वडाध्यक्ष किरण बरालका अनुसार एम्बुलेन्स सेवाका लागि बिरामी वा आफन्तले खवर वडामा गर्नुपर्छ । वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफू लागेको वडाध्यक्ष बरालले बताए । 

‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खबर सुनाउन पाउँदा खुसी लागेको छ ।’

यसअघि पनि उनले छात्रबृत्तिदेखि जेष्ठ नगारिक र अपाङ्गता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याएका थिए । एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक चारदेखि पाँच लाख रुपैयाँ खर्च गर्ने बरालले सुनाउनुभयो । 

‘एम्बुलेन्स निःशुल्क चलाउँदा वर्षमा चारदेखि पाँच लाख रुपैयाँ हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उनले भने, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौं ।’

‘वडाकै स्वास्थ्य संस्थालाई पनि कामयावी बनाउने योजना छ । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधि र डाक्टरको अभाव छ,’ उनले भने,  ‘तैपनि सकेजति सुधार गर्दैछौं । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा निःशुल्क एम्बुलेन्समा पठाउँछौं ।’ 

महानगरभित्र तुलनात्मक रुपमा विकट वडा भएकोले त्यहाँका नागरिकहरु बिरामी हुँदा एम्बुलेन्स वा निजी गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यतामा छन् । 

बरालले आफ्नो काममा टिप्पणी गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफूले प्रतिबद्धता जनाएअनुसार काम भए नभएको टिप्पणी गरिदिन आग्रह गरे । 

‘मैले सँधै आँफूलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ रु,’ वडाध्यक्ष बरालले भने, ‘सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । गलत भएको ठाउँमा खवरदारी गरिदिनुहोला ।’ 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्