रक्सीले मातेका श्रीमानले रडले हानेर श्रीमतीको हत्या

आइतबार, माघ ७, २०८०
honor mob  winter sales

तुलसीपुर । दाङको तुलसीपुरस्थित हलवारमा रक्सीले मातेका श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

Honor x7 pad

तुलसीपुर-४  तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले आफ्नै  ४२ बर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

गएराति सवा १० बजेतिर रक्सी सेवन गरेर मातेका पेण्डुवाले घर भित्रै श्रीमली लक्ष्मीलाई रडले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको तुलसीपुर प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरेको आरोपमा तुलसीपुर प्रहरीले  पण्डुलेलाई गएराति नै पक्राउ गरेको जानकारी दिएको छ।

आरोपी पण्डुवाले श्रीमतीको हत्या गरिसकेपछि  श्रीमती हराएको भन्दै छिमेकीलाई खोजी गरिदिन आग्रह गरेको प्रहरीले बताएको छ। आग्रहपछि सहयोगका लागि उनकी श्रीमती खोजी गर्न पुगेका दुई छिमेकीलाई पनि रड प्रहार गरि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।

घाइते छिमेकीहरु मध्ये एक युवा र महिला उपचार पछि घर फर्किएको र पक्राउ परेका पण्डुवासँग थप अनुसन्धान गरिरहेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्