१५ वर्षअघि काकाको हत्या गरि फरार भएका दुई जना भतिजा पक्राउ

शुक्रबार, माघ ५, २०८०

काठमाडौं  । १५ वर्ष पहिला बोक्सीको आरोप लागाई कुटपिट गरी हत्या गरेको  घटनाका  दुई जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

Honor x7 pad

उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको हो ।

२०६५ सालमा रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका दुवै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन् । २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो।

हत्यापछि फरार रहेका दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि आज जिल्ला अदालत काठमाडौँमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्