गायक योगेश वैद्यको निधन

शुक्रबार, माघ ५, २०८०
Honor 600 pro

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ। वैद्यको ७७ वर्षको उमेरमा गएराति साढे १२ बजे निधन भएको हो।मधुमेह रोगबाट पीडित वैद्यको काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बताएको छ। ३३ वर्षसम्म सरकारी सेवामा रहेका उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए। उनका गीतहरु नेपालमा अति लोकप्रिय रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह