यी व्यक्ति जसले ३३ वर्षअघि महिलालाई भारतमा १६ हजार रूपैयाँमा बेचे...

शुक्रबार, माघ ५, २०८०
honor mob  winter sales

काठमाडौँ । ३३ वर्षअघि   ब्रुनाई पठाइदिने भन्दै भारतको पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

Honor x7 pad


 प्रहरीले धादिङ साविक सेमजोङ गाविस -८ हाल- मेत्रावती गाउँपालिका २ का ५७ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको हो । ३३ वर्षदेखि फरार रहेका उनलाई  ललितपुरबाट पक्राउ गरिएको मानव बेचविखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।

ती महिलालाई तामाङले २०४७ साल चैत ३ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर बेचबिखन गरेको आरोप थियो । त्यसयता तामाङ फरार भएका थिए।

पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए । तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौँबाट बागडोग्रा पुर्‍याएका थिए ।

तामाङले त्यहीँको एक घरमा पुर्‍याएर दुई जनाको जिम्मामा छोड्दै आफू भोलि आउने भन्दै फर्किएका थिए। तर उनी आएनन् ।

तामाङले ती दुई जना भारतीयबाट १० हजार भारु ९१६ हजार रुपैयाँ नेपाली रुपैयाँ० लिएर महिलालाई बेचेको खुलेको छ। ती भारतीयले महिलालाई रिक्सामा राखेर लैजाने क्रममा हाम्फालेर नजिकको प्रहरी सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले काँकडभिट्टामा ल्याएर छोडिदिएको थियो।

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान भइरहेको छ। तामाङलाई अदालतबाट मानव बेचबिखन मुद्दामा थुनामा राख्न अनुमति लिइएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०१:१४
प्रतिक्रिया दिनुहोस्