बाँकेका पत्रकार रुद्र सुवेदीलाई पितृ शोक, भावपूर्ण श्रद्धाञ्जली - मिनेटखबर

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष   रुद्र सुवेदीलाई पितृ शोक परेको छ ।पूर्वअध्यक्ष सुवेदीका बुबा डम्बरराज सुवेदीको ८० वर्षको उमेरमा आज दिउँसो उपचारका क्रममा निधन भएको हो।

Honor x7 pad

केहिदिन अघिदेखि नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचाररत  सुवेदीको  आज दिउँसो साढे १२ बजे निधन भएको हो। 

स्व. डम्बर सुवेदी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत हुनुहुन्थ्यो । स्व. सुवेदीको भोलि बाँकेको राप्ती नदीमा अन्तिम संस्कार गरिने छोरा रुद्रले बताए।

नेपाल टेलिभिजनका सम्बादाता एबम सदरलाइन दैनिकका सन्चालकसमेत रहेका  पत्रकार  सुवेदीका बुवा डम्बरराज सुवेदीको निधनप्रति मिनेटखबरडटकम परिवारले भावपूर्ण  श्रद्धाञ्जली अर्पण गर्दै  शोकसन्तप्त परिवारजनमा समबेदना व्यक्त गर्दछ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्