सुर्खेतमा बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु कैलालीबाट पक्राउ

बिहीबार, माघ ४, २०८०
honor २२ sept

सुर्खेत । सुर्खेतमा आफ्नै बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउदा दाजुको हत्या भएपछि सुर्खेत प्रहरीले बाबुलाई पक्राउ गरेको छ।

X7D

बहिनीमाथि बलात्कार भएको थाहा पाएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए।  बहिनीमाथि बलात्कार भएको बारे प्रहरीमा जाहेरी दिएका दाजुको गत सोमबार राति घरनजिकै हत्या भएको छ। उनको घर नजिकैको बाख्रा गोठ छेउमा हत्या भएको अवस्थामा शव फेला परेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको  छ भने पीडित बहिनी घाइते अवस्थामा फेला परेकी थिइन्। उक्त घटना पश्चात् प्रहरीले बाबुलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जनाएको छ।

यस घटनाका विषयमा सुर्खेत प्रहरीले प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले अनुसन्धान टोली गठन गरि यो घटनामा  अनुसन्धानका लागि खटाएको छ।

हत्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीको टोलीले आज बिहान  बाबुलाई साढे १० बजे कैलालीको टीकापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

गत असोजमा बाबुले छोरीमाथि बलात्कार गरेको र घटनाबारे बहिनीले आफ्नै दाजुलाई जानकारी गराएपछि दाजुको हत्या भएको हुन सक्ने देखिएकोले प्रहरीले बाबुलाई पक्राउ गरि अनुसन्धानका अघि बढाएको छ।

सुर्खेत प्रहरीका अनुसार बुवाले आफूमाथि बलात्कार गरेको भनेर बहिनीले दाजुलाई भनेपछि उक्त घटनाका बारेमा दाजुले प्रहरीमा जाहेरी दिएको र बाबुले छोरालाई  प्रहरीमा किन जाहेरी दिएको भन्दै  छोराको हत्या गरेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

घटनाको जाहेरी दिएको कारण दाइको हत्या र  पीडित बहिनीको हत्या प्रयास भएको हुन सक्ने सुर्खेत प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक र उनकी बहिनी मात्रै घरमा  बस्ने गरेको र बाबु भारतमा बस्दै आउँदा  गत असोजमा भारतबाट घर आएका बाबुले आफ्नै छोरीमाथि बलात्कार गरेको जाहेर परेको प्रहरीले बताएको छ। 

छोराले प्रहरीमा जाहेरी दिएपछि  बाबु तत्काल भारत गएका थिए। त्यसपछि केही दिनअघि बाबु लुकिछिपी घरमा आएर छोराको हत्या गरेको र छोरीको हत्या प्रयास गरि पुन: फरार भएको अनुसन्धानमा खटिएको प्रहरी टोलीले जानकारी दिएको छ।  छोराको हत्यापछि  खोजतलासमा क्रममा बाबु केही दिनअघि नेपाल फर्केर कैलालीमा रहेको जानकारी पाएपछि सुर्खेतबाट प्रहरी र कैलाली प्रहरीको टोलीले आज पक्राउ गरेको हो। यस बारेमा सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्