हरि पुन मगर नेपाल स्वास्थ्यकर्मी संघ दाङको अध्यक्ष चयन

शनिबार, पुस २८, २०८०
Honor 600 pro

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) दाङको अध्यक्षमा हरि पुन मगर सर्वसम्मत अध्यक्ष चयन भएका छन् । दाङको धारापानीमा सम्पन्न भेलाले चार वर्षका लागि पुन मगरको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको खुला उपाध्यक्षमा प्रदिप योगी, उपाध्यक्ष महिलामा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजीमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकातर्फको उपाध्यक्षमा धना जिसी, समावेशी उपाध्यक्षमा बबी महत, सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी चयन भएका छन्।

यसैगरी सहसचिवमै सरकारी क्षेत्रबाट वीरेन्द्र खड्का, निजी क्षेत्रबाट रमिता गौतम, स्वास्थ्य स्वयंसेविकातर्फ तिला जिएम र युवाका तर्फबाट बिक्रम राना सर्वसम्मत चयन भए । सदस्यहरुमा कृष्ण आचार्य, कुलराज चौधरी, बिष्णु भण्डारी र राजदेवी चौधरी पनि सर्वसम्मत चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष पुन मगरले समग्र स्वास्थ्यकर्मीहरुको हकहितका पक्ष काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष पुन मगरले जनस्वास्थ्य बिषयमा स्नातकोत्तर गरेका छन् । हाल उनी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको निजी सचिवालयमा जनस्वास्थ्य विज्ञ सल्लाहकारका रुपमा कार्यरत छन् ।

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्