दाङ राप्ती नदी बस दुर्घटना: १२ मृतक मध्ये ८ जनाको सनाखत

शनिबार, पुस २८, २०८०
honor mob  winter sales

दाङ । दाङको भालुवाङमा यात्रुबहाक बस पुलबाट राप्ती नदीमा खस्दा १२ जना मध्ये ८ जनाको सनाखत भएको छ। 

Honor x7 pad

गए राति साढे १० बजे नेपालगन्जबाट काठमाण्डौंका लागि छुटेको नमस्ते यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो ।

इलाका प्रहरी भालुभाङका अनुसार बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने , जुम्लाका वर्ष ४० का मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको छ भने अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ ।

१९ जना घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ ।

घटना लगतै पुगेको प्रहरीले पाँच जनालाई उद्दार गरि अस्पताल पठाउँदा उनीहरुको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । पछि बसले च्यापिएको अबस्थामा ७ जनाको शव जेसीवीले निकालेको सिंहले बताए ।

 

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्