चन्द्रगढी उडेको बुद्द एयरको जहाजमा समस्या आएपछि फर्काएर काठमाडौंमा अवतरण

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंबाट झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि फर्काएर काठमाडौंमा अवतरण गराइएको छ। 

Honor x7 pad

आज दिउँसो चन्द्रगढी उडेको बुद्धको एयरकि ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनमा प्राविधिक  समस्या देखिएपछि जहाज दिउँसो २ बजे काठमाडौं फिर्ता आएको हो।  

उक्त बुद्ध एयरको जहाजमा काठमाडौंमा उडेको केही समयमै समस्या आएपछि काठमाडौं विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।

त्यस जहाजमा रहेका यात्रुहरुलाई अर्को जहाजमा झापा पठाउने तयारी भएको छ। प्राविधिक समस्या आएको जहाजलाई प्राविधिक जाँचका लागि ग्राउन्डेड गरिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्