सीआईबीले गर्यो पक्राउ परेका रामबहादुर बम्जनलाई सार्वजनिक

बुधबार, पुस २५, २०८०
honor mob  winter sales

काठमाडौं ।  तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई प्रहरीले आज सार्वजनिक गरेको छ। मंगलबार पक्राउ परेका बम्जनलाई पत्रकार  सम्मेलन गर्दै आज केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले सार्वजनिक गरेको हो।

Honor x7 pad

२०७६ सालमा सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका बम्जनलाई सीआईबीको टोलीले बुढानीलकण्ठस्थित आफ्नै घरबाट पक्राउ गरेको हो।

उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ। सीआईबीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ । प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

सीआईबीका अनुसार बम्जनले हाल प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । 

 उनले अर्को गाडीका लागि ५ करोडमा बुक गरि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।उनी पहिला देखीनै विवादित बन्दै आएका थिए।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्