सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरु धर्नामा

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

काठमाडौं । असार मसान्तसम्म पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरु धर्नामा बसेका छन् । 

Honor x7 pad

निर्माण व्यवसायीहरुले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या खेप्नुपरिरहेको भन्दै आज बिहानदेखि माइती घरमा धर्नामा बसेका हुन् ।

सरकारले भुक्तानी नदिदा व्यसायीहरुलाई आत्मदाह गर्ने अवस्था नबनाउन भन्दै नेपाल निर्माण व्यवसायीहरूले धर्ना दिएका छन् । 

उनीहरुले सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरू खारेज गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्री, अर्थ सचिव र विकासे मन्त्रालयका मन्त्रीहरूले पनि निर्माण व्यवसायीहरूले गरेका भुक्तानी कुनै पनि किसिमबाट गर्ने प्रतिबद्धता जनाए पनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताए । 

उनले सरकारले भुक्तानी नदिँदा बैङ्कले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या खेप्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरू खारेज गर्नुपर्ने बताए ।

व्यवसायीहरूले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्वयन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराऊ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । 

बिहिवार पनि आयोजना कार्यालयले भुक्तानी नदिएको भन्दै बर्दियामा निर्माण व्यव्सायीहरुले आन्दोलन गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्