अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आइपुग्दै

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । 

Honor x7 pad

लु काठमाडौं आएको केहि घण्टापछि अर्को गन्तव्य देश जाने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार सहायक विदेशमन्त्री लुले भ्रमणका क्रममा राजनीतिक दलका नेताहरु तथा दूतावासका कर्मचारीलाई भेट गर्ने बताइएको छ।

त्यस क्रममा लुले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शिर्ष नेता र उधोग बाणिज्य महासंगका पदाधिकारीहरुलाई भेट्ने बताइएको छ।

दक्षिण तथा मध्य एसिया हेर्ने  सहायक विदेशमन्त्री  लु काठमाडौंबाट सिधै दक्षिण एसियाकै अर्को देश जाने भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्